नियम ११०
शारीरिक परिश्रम गराउने वा नियन्त्रणमा राख्ने वा नसिहत दिने वा प्रतिकूल राय लेख्ने
: देहायको अवस्थामा कुनै प्रहरी कर्मचारीलाई यातना नहुने गरी शारीरिक परिश्रम गराउन वा नियन्त्रणमा राख्न वा नसिहत दिन वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न सकिनेछ :–
(क) कार्यसम्पादन सन्तोषजनक नभएमा,
(ख) तालीममा खटाउँदा नगएको वा तालीम अवधिमा लापरवाही देखाई गैर जिम्मेवारपूर्ण व्यवहार देखाएमा,
(ग) सेवाग्राहीको पीरमर्का र उजुरी पटक पटक बेवास्ता गरेको सम्बन्धमा आपूmभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालन नगरेमा,
(घ) सेवाग्राहीलाई दुव्र्यहार गरेमा,
(ङ) सरुवा भएर वा अन्य सरकारी कामको सिलसिलामा खटिएका वखत मनासिब आधार र कारण बेगर बाटाका म्याद पछि सम्बन्धित कार्यालयमा हाजिर हुन नगएमा,
(च) दुई पटकसम्म लिखित चेतावनी पाएमा वा सचेत गराइएमा,
(छ) नियम १००, १०१ख. को उपनियम (२), १०२ र १०५ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा ।